|

दाङ : दाङ प्रहरीले विप्लव समूहका एक कार्यकर्तालाई सोमबार पक्राउ गरेको जनाएको छ।

तुलसीपुर ५ मा लुकीछिपी हिडिरहेको अवस्थामा विप्लव समूहका दलित मुक्ति मोर्चा दाङका उपाध्यक्ष २६ वर्षीय ठाकुरप्रसाद बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

विकलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ। प्रहरीले गत शनिबारदेखि शृंखलाबद्ध विप्लव कार्यकर्तालाई पक्राउ गर्न थालेको छ।

गत शुक्रबार साँझ अत्याधुनिक हातहतियार फेला पारेसँगै विप्लव समूहको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले बताए।

प्रहरीले यस अघि विप्लवका कार्यकर्ता शान्तिनगर र बबईबाट एक/एक जनालाई पक्राउ गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.