|

काठमाडौं : बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणबाटै नेपाल बाहिरिएको छ।

आज समूह चरणको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग ८ विकेटले हारेपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो । ढाकास्थित साभार स्टेडियममा भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले १ सय ३९ रनको लक्ष्य १ सय ५६ बल बाँकी छँदै २ विकेट गुमाएर पार गर्यो ।

कप्तान नाज्मुल हुसेन शान्तोले अविजित ५९ रन बनाउँदा मोहम्मद नइमले ४५ रन जोडे । नेपालका करण केसी र सुशान भारीले एकएक विकेट खसाले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १ सय ३८ रन बनाएको थियो । सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ल २२, करण केसी १८, आरिफ शेख ११, कुसल भुर्तेल १० रनमा आउट भए।

बंगलादेशका सुमोन खान र मिन्हाजुन अफ्रिदि ३÷३ तथा तन्वीर इस्लामले २ विकेट लिए । पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

समूह चरणको ३ वटै खेल जितेको घरेलु टोली बंगलादेश समुह बीको विजेता बनेको छ । समूह बी बाट बंगलादेश र पाकिस्तान सेमिफाइनल पुगेका छन् ।

बंग्लादेश, पाकिस्तानले समान दुई-दुई खेलबाट ४-४ अंक बनाएका छन् । समूह ए बाट सेमिफाईनलमा पुगेको भारतको ३ खेलबाट ४ अंक छ । प्रतियोगिताबाट बाहिरीएको नेपाली क्रिकेट टोली भोली नेपाल फर्कने भएको छ । भोली बिहान ११ ४५ मा नेपाली टोली बंगलादेशबाट काठमाडौं आईपुग्ने नेपाली क्रिकेटका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.