|

तनहुँ : भानु नगरपालिका २ फुस्रेटारमा आइतबार 'विद्युत सर्ट' भएर आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका छन्।

घाइने हुनेमा ३२ वर्षीय करन नेपाली, २८ वर्षीया उनकी श्रीमती बिमाया नेपाली, १३ वर्षीया छोरी ब्रिटिशा नेपाली र ११ वर्षीय छोरा बिपिन नेपाली घाइते रहेका छन्। 

आइतबार साँझ ९ बजे भएको आगलागीबाट करिव दुई लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अनुहार आगोले गर्दा फोका फोका भएको छ। 

आगलागीबाट घाइते भएका ४ जनालाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएको भए पनि थप उपचार गर्नुपर्ने भएपछि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। थप उपचारका लागि चितवन जानुपर्ने भए पनि आर्थिक समस्याका कारण घर फर्किएको उनीहरू बताउँछन्। 

घरमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी हुँदा नजिकै रहेको ग्यास सिलिन्डरको आगोले झन् ठूलो रुप लिएको थियो। स्थानीय र भानु मुकाम डुम्रेको प्रहरी टोलीले आगो नियन्त्रण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.