|

रामेछाप : दोरम्बा गाउँपालिका १ डडुवाको धारानजिकै जीप दुर्घटनामा हुँदा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएको दोरम्बा गाउँपालिका २ का अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिए। 

दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा हिडेकाे बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको स्थानीय गोकर्ण श्रेष्ठले जानकारी दिए। घाइते मध्ये धरै जसोको अवस्था गम्भीर रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।

दुर्घटनास्थलबाट घाइतेहरूको उद्धार गरी दोरम्बा स्वास्थ्य चौकीमा उपचारका लागि पठाउने कार्य भइरहेको जनाइएको छ। गम्भीर घाइतेकाे प्राथमिक उपचारपछि काठमाडौं पठाउने तयारी भइरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा चौकीबाट प्रहरी उद्धारका लागि  घटनास्थलतर्फ हिडिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्ताेशकुमार भट्टराईले जानकरी दिए। प्रहरीलाई घटनास्थल पुग्न १ घण्टा लाग्ने बताइएको छ।

घटनाको विस्तृत जानकारी आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.