|

कञ्चनपुर : नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्त सञ्चार सेवा केन्द्रलाई भीम दत्त नगरपालिकाले तीन लाख सहयोग गरेको छ।

 भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले तीन लाखको चेक रेडक्रस शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई हस्तान्तरण गरे। बिरामीलाई निःशुल्क रुपमा रगत उपलव्ध गराउनका लागि नगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए।

गत वर्ष पनि रक्त सञ्चार केन्द्र सञ्चालनका लागि सहयोग गरेका थियौं उनले भने, ‘यस वर्ष पनि त्यस कार्यलाई प्राथमिकतामा राखि रकम उपलव्ध गराएका छौं। स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि बजेटको अभाव हुन दिइएको छैन।’

सहयोग रकम पाए पछि रक्त सञ्चार केन्द्र सञ्चालन गर्न सघाउ पुग्ने रेडक्रस शाखाका सभापति उप्रेतीले भने, ‘स्थानिय तहहरुले सहयोग रकम दिन थालेपछि सुदूरपश्चिम क्षेत्रमा निःशुल्क रुपमा रगत उपलव्ध गराउने एक मात्रै रक्त सञ्चार केन्द्र सञ्चालन गर्न सकेका छौं।’ उनका अनुसार जिल्लाका नौ वटै स्थानिय तहले हाल सम्म केन्द्रलाई आठ लाख ५० हजार रकम उपलव्ध गराएका छन्।

निरन्तर सहयोग गर्ने स्थानिय तहले प्रतिवद्धता गरेपछि रक्तदाताले उपलव्ध गराएको रगत निःशुल्क रुपमा दिन थालेका छौं उनले भने, ‘विपन्न र आर्थिक अभाव भएका विरामीले सहज रुपमा रगत पाउने भएका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.