|
फाइल तस्विर

काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ। 

हिजो झण्डै तीन घण्टा भएको छलफलमा सहमति नजुटेकाले आज पनि छलफल हुन लागेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद हेरफेरबारे आजपनि नेताहरु आन्तरिक छलफलमा जुट्ने बताए। 

दुई अध्यक्षबीचको छलफलको समय भने तय भइसकेको छैन। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्ड आज नवलपरासी जाने कार्यक्रम रहेकाले उताबाट फर्किएपछि मात्रै छलफल हुन सक्ने बताए। दुई अध्यक्षबीच सहमति नभएपछि मन्त्रीपरिषद पुनर्गठन लम्बिने देखिएको छ।

एक दुई दिनमै मन्त्रिपरिषद पुनर्गठन गर्ने भनेपछि प्रधानमन्त्रीलाई आइतबार बसेको नेकपा सचिवालय बैठकले सैद्धान्तिक सहमति दिएको थियो। तर कुन मन्त्रीलाई हटाउने र त्यो ठाउँमा नयाँ मन्त्री कसलाई ल्याउने भन्नेमा दुई अध्यक्षबीच सहमति जुट्न बाँकी छ। नयाँ मन्त्रीका लागि पनि आकांक्षी धेरै भएको र हटाइने चर्चा गरिएका बहालवाला मन्त्रीले पनि हटाउनुपर्ने उचित कारण माग गरेपछि नेताहरु अफ्ठेरोमा परेको स्रोतले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.