|

बैतडी : बैतडीमा यही मंसिर ५ गतेदेखि बिडिसिए कप क्रिकेट प्रतियोगिताको १९औँ संस्करण सुरु हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका २० टोलीको सहभागिता रहने भएको छ।

मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले जानकारी दिए। यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिने भएको छ।

प्रतियोगिताका खेलहरू देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदान र बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदान हुने जनाइएको छ। देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा हुने उद्घाटन एक कार्यक्रमकाबीच गरिने भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ(क्यान)का अध्यध्य चतुरबहादुर चन्दले गर्ने कार्यक्रम तय भएको छ। 

क्रिकेटका प्रतिभाको खोजीका साथै निकट भविष्यमै हुने प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोटका रूपमा पनि यो प्रतियोगितालाई लिइएको आयोजकले जनाएको छ। बैतडी जिल्ला क्रिकेट संघले विस २०५८ सालदेखि निरन्तर रूपमा बिडिसिए कप क्रिकेट प्रतियोगिता  गर्दै आएको छ। 

गत वर्ष सम्पन्न बिडिसीएको १८ औं संस्करणको उपाधी निंगलाशैनी क्रिकेट क्लब (एनसिसि)लाई  ९ रनले स्तब्ध  हराउँदै कालाशैनी क्रिकेट क्लबले हात पारेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.