सल्यान : सल्यानमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका-१ उनवाङका २३ वर्षीय गोपाल रानाको भीरबाट लडेर मृत्यु भएको हो।
सोमबार रोल्पाको रन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिँडेका गोपाल मंगलबार बिहान रुन्टीगडीको धुम्का भिरमा मृत फेला परेको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए।
बाटोबाट करिब २ सय मिटर तल उनको शव फेला परेको उनको भनाइ छ। भिरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।