|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयबाट प्रवाह हुने सूचनालाई व्यवस्थित गरिने बताएका छन्। 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा बोल्दै थापाले सूचना प्रवाह थप चुस्त र व्यवस्थित बनाइने बताए। 

यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे सही समयमा आधिकारिक सूचना प्रवाह नगर्दा भ्रामक समचार बाहिरिएको भन्दै उपस्थित पत्रकारहरुले यसतर्फ ध्यान दिन सुझाव दिएका थिए। 

जवाफमा सल्लाहकार थापाले जरुरी, सार्वजनिक र संवदनशील विषयमा प्रेस नोट जारी गरिने बताए । प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले राजीनामा दिएपछि थापा प्रेस सल्लाहकार नियुक्त भएका हुन्। 

नेकपाका केन्द्रीय सदस्यस एवं प्रचार विभाग उपप्रमुखमेत रहेका थापाले यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारका रुपमा काम गरेका थिए।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.