|

गुल्मी : जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका सरकारी सवारी साधनको विवरण माग गरेको छ।

सार्वजनिक बिदाका दिन स्थानीय तहका सवारी साधनको दुरुपयोग भइरहेको भन्दै उनीहरूसँग भएका सवारी साधनहरूको विवरण कार्यालयमा बुझाउनका लागि परिपत्र गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए।

सवारी साधनको विवरण आएपश्चात कुन स्थानीय तहको सवारी साधन दुरुपयोग भयो भन्ने बारेमा सवारी साधनको नम्बर प्लेटबाट थाहा पाउन सहज दाबी उनले गरे।

बिदाका दिन सवारी साधन प्रयोगका लागि प्रशासनको स्वीकृत अनिवार्य

सरकारी नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्नका लागि  औचित्य र आवश्यकताका आधारमा अब जिल्ला प्रशासनमा अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ। यदि कसैले सार्वजनिक बिदाका दिन स्वीकृतविना सवारी साधन प्रयोग गरे कारवाही गरिने जिल्ला प्रशासनले जनाएको छ। कुनै सरकारी सवारी साधनलिए जिल्ला बाहिर जान परे पनि अनिवार्य जिल्ला प्रशासन कार्यलय गुल्मीको स्वीकृत लिनुपर्ने छ।

सार्वजनिक जग्गाको अभिलेख राख्न स्थानीय तहलाई परिपत्र

जिल्ला प्रशासनले जिल्लाका सबै स्थानीय तहलाई सार्वजनिक जग्गाको अभिलेख राख्न परिपत्र गरेको छ। सूचना अधिकारी पाण्डेका अनुसार सार्वजनिक जग्गाको अभिलेख राख्न र यदि सार्वजनिक जग्गा अतिक्रमण भएको भए तुरुन्त जिल्ला प्रशासनमा रेकर्ड पठाउनका लागि परिपत्र गरेको जानकारी दिए।

कसैले सार्वजनिक जग्गाको अतिक्रमण गरेको पाइएमा उसलाई कार्वाही प्रक्रिया अगाडि बढाइने र सार्वजनिक जग्गाको रेखदेख गर्नेसँगै रक्षा गर्ने उनले दाबी गरे।

निर्माण व्यवसायीको विवरण र कार्यको माग

यस्तै, जिल्ला प्रशासन पछिल्लो समयमा निर्माण व्यवसायीहरूले निर्माणको काम लिने र विभिन्न बहानामा समयमै कार्य सम्पन्न नगर्ने परिपाटी भइरहेको सन्दर्भमा निर्माण व्यवसायीहरूको नामावली र उनीहरूले लिएका निर्माण कार्यको विवरण संकलन भइरहेको सूचना अधिकारी पाण्डेले बताए।

व्यवसायीले धेरै कामको जिम्मा लिने तर उनीहरूले समयमा काम सम्पन्न नगरि विभिन्न बहाना बनाउने गरेककाले यसमा पनि कडाई गर्न लागिएको पाण्डेको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.