|
प्रतीकात्मक फोटो

दैलेख : बझाङ केन्द्र बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको छ।

मंलबार साँझ ७:१५ मिनेटमा बझाङको पैवागडी केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का बझाङसहित कर्णाली र सुदूरपश्‍चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ।

त्यसैगरी, भारतीय सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको भारतीय संचार माध्यमले जनाएका छन्। भारतीय संचार माध्यम आजतकले उत्तराखण्ड र भारतको राजधानी दिल्लीसम्म भूकम्पको असर पुगेको उल्लेख गरेको छ।

अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार भूकम्पको गहिराइ १.५ किलोमिटर जमिनभित्र मापन गरिएको छ। भूकम्पबाट भौतिक तथा मानवीय क्षति भएका विवरण आएका छैनन्। यद्यपि भूकम्पका कारण यस क्षेत्रका स्थानीयमा त्रास छाएको छ। मानिसहरू घरबाहिर निस्किएर भागभाग गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.