|

जनकपुरधाम : धनुषाको विभिन्न ठाउँबाट चोरी भएको छवटा मोटरसाइकलसहित सातजनालाई पक्राउ परेका छन्। मोटरसाइकल चोरीको घटना बढेपछि खटेको प्रहरीको विशेष टोलीले तीन दिनमै छवटा मोटरसाइकलसहित सातजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषाको सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहिदनगर नगरपालिका–२ का २० वर्षीय विजय यादव र विदेह नगरपालिका–२ का २० वर्षीय राजन यादव छन् । यस्तै, महोतरीको बर्दिबास नगरपालिका–१३ भेडियाही बिजलपुराका २३ वर्षीय अरुणकुमार राउत, २२ वर्षीय सुनिलकुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पक्राउ परेका छन्।

उनीहरुको साथबाट ज ५ प ७१६३, ज ६ प ५४६०, बा ४७ प ९९४३, ज ९ प ९०८, ज ६ प ९७७५ र ज ७ प ९८८१ नम्बरको मोटरसाइकल बरामद गरिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। बरामद भएका मोटरसाइकल विभिन्न मितिमा चोरी भएको प्रहरीले बताएका छन्।

बरामद भएको मोटरसाइकल धनीलाई बोलाएर जिम्मा लगाउने र पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। धनुषाको पूर्वी क्षेत्र शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाबाट मोटरसाइकल चोरले आतंक नै मच्चाएको छ।

भेटिएन वडाध्यक्षको मोटरसाइकल 

धनुषाकै शहीदनगर नगरपालिका–२ का वडाध्यक्ष जयसीलाल भिन्भारले चढ्ने ज. १ ब. ७०९ नम्बरको सरकारी मोटरसाइकल चोरी भएको पाँच महिना बितिसक्दा पनि फेला परेको छैन।

वडाध्यक्ष भिन्भारकै घरमा राखिएको अवस्थामा गत भदौ पहिलो साता मोटरसाइकल चोरी भएको थियो। उनले प्रहरीमा उजुरी समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.