|

जनकपुरधाम : सिरहाको लहानबाट चोरी भएको ट्यांकर धनुषामा फेला परेको छ। क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने रमदैयामा ट्यांकर फेला परेको हो।

सडक छेउमा राखिएको अबस्थामा ट्यांकर फेला परेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए। उनका अनुसार ट्यांकर खाली छ। सिरका र लहान प्रहरीलाई खबर गरेको र आएपछि मुचुल्का बनाएर त्यहाँबाट ट्यांकर ल्याउने जानकारी दिए।

गत आइतबार नेपाल आयल निगमको इन्धन डिपो अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लिएर विराटनगर हिडेका ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लहानबाट बेपता पारिएको थियो। प्रहरीका अनुसार मध्यरातमा ७–८ जनाको समुहले चालक र सहचालकको आँखामा कालोपट्टी बाँधेर बर्दिबास र लालबन्दीको बीच जंगलमा छाडेका थिए।

ट्यांकर चोरी भएको घटनाको छानबिन गर्न निगमले हिजो इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन समेत गठन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.