|

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले गाउँका विद्यालयहरूमा साइबर अपराध, मानव बेचबिखन, महिला हिंसा र सडक सुरक्षासम्‍बन्धी कार्यक्रम पढाउँदै हिँडेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार पछिल्लो समयका युवायुवतीहरुमा बढ्दो साइबर अपराध देखिएको र त्यसलाई न्यूनीकरण गर्नका लागि पहिले विद्यार्थीहरूमार्फत यो कार्यक्रम प्रभावकारी हुने भएकाले यसरी अभियान नै सञ्‍चालन गरेको जानकारी दिए।

घलेका अनुसार  जिल्लाका विभिन्न स्थानीय तहका  २३ वटा विद्यालय गई साइबर अपराध, महिला हिंसा, लागुऔषध, मानव बेचबिखन र सडक सुरक्षासँगै ट्राफिक नियमसम्‍बन्धी जनचेतनामूलक कार्य गरिएको जानकारी दिए।

समाजमा सचेतना फैलाउने र शान्त र सुरक्षित समाज निर्माण गर्नका लागि करिब दुई हजार विद्यार्थीहरूमार्फत सचेतनाका  कार्यक्रम र नियम कानुनका बारेमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्‍तर्गत सचेतना फैलाएको र यसलाई अभियानकै रूपमा सञ्‍चालन गर्दै लैजाने घलेले दाबी गरे।

विद्यार्थीमार्फत यो कार्यक्रमलाई समाजमा लैजाँदा घरपरिवार र समाजमा सजिलैसँग जान सक्ने भन्दै यसरी माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.