|

काठमाडौं : इंग्लिस क्लब टोटेनह्याम हट्सपरले २०२२/२३ सम्मको सिजनको लागि जोसे माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेको छ। क्लबले पूर्वम्यानेजर मौरियस पोचेटिनोलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै पोचुगलका माउरिन्होलाई ४ वर्षसम्म प्रशिक्षकको रूपमा नियुक्त गरेको हो।

५६ वर्षीय माउरिन्हो गत डिसेम्बरमा म्यानचेस्टर युनाइटेडबाट बर्खास्त भएपछि क्लब प्रशिक्षकविहीन बनेका थिए। टोटेनह्यामका अध्यक्ष डेनियल लेवीले फुटबलमा सबैभन्दा सफल प्रशिक्षकलाई आफ्नो क्लबमा नियुक्त गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन्।

‘जोसे फुटबलको सबैभन्दा सफल व्यवस्थापकहरूमध्ये एक हुन्। उनी अनुभवका धनी छन् र एक महान रणनीतिज्ञ हुन जसले टोलीलाई प्रेरणा दिन सक्छ।’ लेवीले भने, ‘उनले प्रशिक्षकको रूपमा हरेक क्लबमा सम्मान पाए। हामीलाई विश्वास छ, कि उनले ड्रेसिंग कोठामा ऊर्जा र विश्वास ल्याउनेछन्।’

मौरिन्होले यसअघि चीन, स्पेन र पोर्चुगलबाट आएका विभिन्न क्लबहरूको प्रस्ताव अस्वीकार गरेका थिए। आफ्नो नियुक्तिमा बोल्दै जोसेले भने, ‘म यस्तो ठूलो धरोहर र त्यस्तो उत्साहित समर्थकहरूको साथ क्लबमा भाग लिन पाउँदा उत्साहित छु। दुबै टीम र एकेडेमीको गुणस्तरले मलाई उत्साहित बनाउँछ। यी खेलाडीहरूसँग काम गर्ने कुराले मलाई आकर्षित गर्‍यो।’

पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानेस्टर युनाइटेड सम्हालेको मौरिन्होले १९ वर्षे प्रशिक्षक यात्रामा पाँचवटा क्लबलाई २५ भन्दा बढी उपाधी दिलाए। सबैभन्दा सफल करियरको रूपमा उनले चेल्सीलाई तीन प्रिमियर लिग, तीनवटा फुटबल लिग कप, एक/एक एफए कप र एफए कम्युनिटी शिल्डको उपाधीसमेत जिताएका थिए।

साथै स्पेनिस क्लब रियल मड्रिडलाई एक ला-लिगा, कोपा डेल रे र स्पेनिस सुपरकपको उपाधी दिलाएका थिए। म्यानचेष्टर युनाइटेडमा रहँदा उनले रेड डेविल्सलाई युरोपा लिग र काराबाओ कपको उपाधि पनि जिताएका थिए।

उता, प्रिमियर लिगमा यस सिजन खराब लयमा देखिएको टोटेनह्याम अंकतालिकाको १४औँ स्थानमा छ। टोटेनह्याम गत सिजनको प्रिमियर लिगमा चौथो भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.