|

चितवन : चितवनमा शुक्रबारदेखि चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ हुने भएको छ। चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रदर्शनीबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश ३ भूमि व्यवस्था कृषि तथा सहरकारि मन्त्रालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनी मंसिर ९ गतेसम्म चल्ने छ। प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजार बढी किसिमका आधुनीक कृषी यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू राखिने आयोजकले जनाएको छ।

मेशिनरी व्यवसायी संघका अध्यक्ष मधुसुधन सिं बस्नेतका अनुसार ७० जिल्लाका करिव ३५ हजार कृषक तथा सरोकारवालाहरूले अवलोकन गर्ने अनुमान गरिएको छ। कृषक, नीति निर्माता, उद्यमी व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्थाहरू, कृषक समूह, कृषि सहकारी संस्था, वैज्ञानिक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहने उनको भनाइ छ।

एकैथलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी दिने उद्देश्यका साथ आयोजना गर्दै आएको यस प्रदर्शनीबाट धेरै कृषकले लाभ लिने अध्यक्ष मधुसुधनले बताए। प्रदर्शनीमा १० करोडभन्दा धेरै कारोबार हुने आयोजनकको अनुमान छ। प्रदर्शनीको नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.