जनकपुरधाम : जनकपुरधामस्थित सकल भवन कन्या माध्यमिक विद्यालयका छात्राले तीन वर्षसम्म प्रयोग गर्न सकिने सेनेटरी प्याड पाएपछि खुशीले गदगद भएकी छन्।
रोटरी क्लब बर्दिबासले उक्त विद्यालयको कक्षा ७, ८, ९ र १० मा अध्ययनरत तीन सय छात्रालाई सेनेटरी प्याड वितरण गरेको हो। छात्रालाई सेनेटरी प्याडसँगै भित्रिबस्त्र, साबुन र रुमालसमेत उपलब्ध गराएको छ। बजारमा पाइने सेनेटरी प्याड एकपटक मात्र प्रयोग गर्न सकिन्छ, तर यो प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जनाइएको छ।
संस्थाकी प्रतिनिधि अम्बिका बस्नेतले छात्रालाई सेनेटरी प्याड तीन वर्षसम्म कसरी प्रयोग गर्ने विषयमा जानकारी गराइन्। उनले एकपटक प्याड प्रयोग गरिसकेपछि साबुन-पानीले सफासँग धोएर चर्को घाममा सुकाउन सुझाब दिइन्। उनले घाममा प्याड र भित्रिबस्त्र सुकाउन लाज नमान्नसमेत आग्रह गरिन्।
कक्षा ८ मा अध्ययनरत रमिता साहले तीन वर्षसम्म प्रयोग गर्न सक्ने सेनेटरी प्याड पाएपछि खुसी भएको प्रतिक्रिया दिइन्। क्लबले दिएको प्याड तीन वर्षसम्म प्रयोग गर्न सकिने जानकारी पाएपछि खुसी लागेको छात्राको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।