|
प्रतीकात्मक फोटो

डरका कारण मानिसहरू बोतल बन्द पानी किन्‍न बाध्य भएको एक वैज्ञानिक अध्ययनले देखाएको छ। शरीरलाई फाइदा नहुने भए पनि मर्ने डरले मानिसहरूले बोतल बन्द पानी किनेर पिउने गरेको अध्ययनले देखाएको हो।

बोतल बन्द पानीको अधिक प्रचार र मानिसहरूको मनोवैज्ञानिक संवेदनशीलताको गहिरो प्रभावमा परेर विशेष उत्पादन खरिद गर्न बाध्य बनाउने गरेको अध्ययनले देखाएको समाचार संस्था द वायरको हिन्दी संस्करणमा लेखिएको छ।

क्यानडा युनिर्भसिटी अफ वाटरलुमका शोधकर्ता स्टीफन कोटले भने ‘मर्ने डरले हामीलाई जोखिममा पर्नबाट बचाउँछ। केही मानिसहरू बोतलको पानी सुरक्षित र शुद्ध भन्‍ने ठान्छन् किनकि अवचेतनमा नमर्ने इच्छाले गहिरोसँग जरा गाडेको हुन्छ।’ यो अध्ययनको लागि सामाजिक साइकोलोजी टेरर म्यानेजमेन्ट थेउरीको प्रयोग गरिएको थियो।

अध्ययनमा भनिएको छ ‘धाराबाट  गुणस्तरीय पानी उपलब्ध हुन्छ। तर, हामी बोतलमा बन्द भएको पानीतर्फ आर्कषित हुन्छौँ। किनकि विज्ञापनको माध्यमबाट बोतलमा रहेको पानी शुद्ध भन्ने छाप हाम्रो मस्तिस्कमा परेको छ। यस प्रकारका विज्ञापन ठूलो जनमानससम्म पुगेको छ। जसमा उपभोक्तासमेत सहभागी छन्। जो स्वास्थ्य, ख्याति र अरूलाई देखाउन पनि बोतलको पानी प्रयोग गर्छन्।’

विज्ञहरूका अनुसार हामी वार्षिक ३३ लिटर बोतलको पानी पिउने गर्छौं। बजार अन्वेषक मिन्टेलका अनुसार घरमा बोतलको पानी पिउने प्रायः एक चौथाई मानिसहरू बोलतको पानी तुलनात्मक रूपमा धाराको पानी भन्दा राम्रो रहेको बताउँछन्।

घरेलु आपूर्तिको लेखा परीक्षण गर्ने पेयजल निरीक्षक पे पेनिसनले द टेलिग्राफलाई बताएअनुसार सन् २०१२ मा करिब ४ मिलियन धाराको पानीको नमुना परीक्षणमा ९९.६ प्रतिशतले गुणस्तर पास गरेका थिए।

अन्तर्राष्ट्रिय बोतल वाटर एसोसिएसन (बोतल र प्याकेजिङ पानी वितरकहरूको साझा संस्था) को रिर्पोटअनुसार सन २०१७ मा विश्वमा झन्डै एक सय बिलियन ग्यालेन पानी उत्पादन भएको थियो।

बोतलको पानी उत्पादनको करिब २५ प्रतिशत हिस्सा चीनले ओगटेको छ। त्यसैगरी, छैटौँ स्थानमा रहेको भारतले ५ प्रतिशत हिस्सा धानेको छ। सन् २०१२ को तुलनामा २०१७ सम्म आइपुग्दा औषत उत्पादन ६.२ प्रतिशतले बढेको देखिन्छ।

प्लाष्टिकको बोतलले ओजन तह घटाउँदै

वार्षिक रूपमा २२ बिलियन डलर पानी उत्पादन गर्ने उद्योगले १.५ मिलियन टन प्लाष्टिक प्रयोग गर्छन। प्लाष्टिक निर्माण र डिस्पोजलले  विषाक्त रसायनलाई वातावरणमा छाडिदिन्छ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को रिर्पोटअनुसार धाराको पानीको गुणस्तर र सुरक्षा सुधार संगठनको एक अभिन्‍न हिस्सा हो। यस समूहले ओजोन तहलाई नष्ट गर्ने कार्बनडाइअक्साइडबारेमा चिन्ता व्यक्त गरेको छ। अर्बौं लिटर बोतलको पानी उत्पादक देशभन्दा बाहिर खपत हुने गरेको छ।

‘बोतलको पानी स्वस्थ पानीमा पहुँच पुर्‍याउने दीर्घकालीन दिगो समाधान होइन’ डव्लुडव्लुएफका रिचर्ड हल्यान्डले भने ‘सफा पानी एक आधारभूत अधिकार हो। हाम्रो नदी, खोला र सिमसार संरक्षणले धारामा स्वच्छ पानी पाउने अधिकारलाई सुनिश्चित गर्छ। जसले उचित मूल्यमा  सबैलाई राम्रो गुणस्तरको पिउने पानी प्रदान गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.