|

काठमाडौंः काठमाडौं महानगरपालिकाभित्र कृषि प्रयोजनका लागि ल्याइएका साना टयाक्टर अन्य काममा प्रयोग गर्न नपाइने भएको छ। कृषि प्रयोजनका लागि ल्याइएका यस्ता ट्याक्टरले सामान ढुवानीमा गर्दा शहरमा ध्वनि प्रदूषण  र ट्राफिक व्यवस्थापनमा  समस्या आएकाले रोक लगाउने काठमाडौं महानगरपालिकाले निर्णय गरेको हो। 

भित्री सडकमा यस्ता टयाक्टरले ट्राफिक समस्या बढाएकाले रोक्न लागिएको काठमाडौं महानगरपालिकाका सहरी व्यवस्था विभागका प्रमुख हरि कुँवरले बताए। उनका अुनसार उपत्यकामा साना टयाक्टर ५ सयभन्दा बढी छन्। ती साधन सामान ढुवानीमा गर्नमा बढी प्रयोग भएको र यसकै कारण पनि ट्राफिक जाम बढेको कामपाको ठहर छ।

कृषि प्रयोजनका लागि ल्याइएका साधनलाई कृषिमा प्रयोग गर्नलाई प्रोत्साहन गरिएको कुँवरको भनाइ छ। उनले भने, 'एउटा कामका लागि भनेर ल्याइन्छ यहाँ अर्को काममा लगाइन्छ,' उनले भने,'खेती गर्न ल्याइएको सामग्री खेतीमा प्रयोग गर्नु्पर्छ, सामान ओसारपोसारमा होइन।'

ठूला विद्युतीय सवारीलाई प्रयोगमा ल्याउन र प्रदूषण कम गर्न डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीलाई महानगरपालिकाभित्र पूर्णरूपमा प्रतिबन्ध लगाउने

योजना रहेको उनको भनाइ छ।  'पेट्रोल र डिजेलबाट चल्‍ने सवारीसाधन सञ्चालनमा रोक लगाउनका लागि यातायात व्यवस्था विभागसँग समन्वय गरिरहेका छौँ,' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.