|

 काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत तनहुँको ब्यास नगरपालिका–१२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई २ वटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ। 

बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवर्द्धनन विभागका इन्चार्ज वसन्तराज रेग्मीले कुर्लुङ्ग प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई २ वटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन्। 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै यस्ता सामाजिक काम गरिरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.