हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयले बिहीबार नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका एकजना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।
कलैया वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन हेल्पर राजदेव महतो कोइरीलाई ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियारको हेटौँडा कार्यालयले जनाएको छ। विधुत् मिटर जडान गर्ने सिफारिस गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिने राजदेवलाई पक्राउ गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।