नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा !

|

संखुवासभा : मंसिर १४ को उपविर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन्। उम्मेदवार आ-आफ्नो चुनावी एजेण्डा लिएर जनता गाउँ बस्तीमा भोट माग्दै घरदैलो गरिरहेका छन्।

संखुवासभाका रिक्त मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिका-३ को वडा अध्यक्षका लागि उम्मेदवारहरू प्रचार-प्रसार र घरदैलो अभियानसँगै मतदाता फकाउन लागि परेका छन्। उम्मेदवारहरु मतदातासँग भोट र आशीर्वाद लिँदै घर घर पुग्ने गरेका छन्।

संखुवासभामा सत्तारुढ नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। संखुवासभाको मकालु गाउँपालिकामा सत्तारुढ दल नेकपाबाट तेजबहादुर पोख्रेल र कांग्रेसबाट विमन पराजुलीबीच प्रतिस्पर्धा हुने भएको छ। अन्य साना दलहरू समाजवादी पार्टीका उम्मेदवार नुर्ब शेर्पा पूर्व कांग्रेस कार्यकता हुन्।

कांग्रेस कार्यकता शेर्पा समाजवादी पार्टीका प्रवेश गरेका कारण नेकपाले सहजै आफ्नो पक्षमा नतिजा आउन नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले बताए।

नेकपा मकालु गाउँपालिकाका अध्यक्ष उम्मेदवारले स्वर्गीय खड्ग कटुवालले उठाएका अधूरा सपना तथा योजना पूरा गर्नमा ढुक्क हुन मतदातालाई आग्रह गरे। मकालु गाउँपालिका तत्कालीन एमाले खड्ग कटुवालले जितेका थिए।

पूर्व एमाले र पूर्व माओवादीको भोट संख्या कांग्रेसको भन्दा दुई हजार भन्दा बढी भएका कारण सहजै आफ्नो पक्षमा चुनाव आउन त्यसै क्षेत्र बाट निर्वाचित नेकपाका सांसद सांसद पूर्णप्रसाद राईले बताए।

दुई प्रदेश सभा र एक संघीय सांसद नेकपाले नै जितेको छ। आफ्नो पक्षका उम्मेदवारलाई चुनावमा विजयी बनाउन नेकपाका केन्द्रीय नेता कार्यकता र जिललाका ६ जना बढी सांसद र पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय विधान समितिका सभापति पर्शुमेघी गुरुङसहितको टोली टोल टोलमा पुगेर नाच्दै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्। 

कांग्रेस पनि आफ्नो साख पर्काउन पक्षमा छ यो भन्दा अघिल्लो चुनाव कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जितेका थिए। उनीहरू यो पुरानो साख फर्काउन मत माग्दै घर घर पुगिरहेको कांग्रेसका जिल्ला सभापति दीपन कुमार श्रेष्ठले बताए।

कांग्रेसका उम्मेदवार विमनले भने आफु विजयी भए मकालु गाउँपालिका स्थानीय सरकारले जनताको ढाड सक्ने काम गरेकाले आफू आएपछि मकालुमा वृद्धि गरेका अन्य विभिन्न क्षेत्रका लगाएका करको दर घटाउने आश्वासन दिँदै मत माग्दै छन्। 

उता खाँदबारी-३ नेकपाका उम्मेदवार भरत घिमिरेले आफू निवार्चित भएर गएपछि पहिलो प्राथमिकता स्वर्गीय तोयानाथ ढुंगानाको अधूरा सपना पूरा गर्न बताए।

उनले भने, 'आफू विजयी भए घर घरमा सडक र विद्युत् विस्तार गर्न पहिलो प्राथमिकतामा राखेको छु।' उनले मतदाताका घर घर पुगेर अलपत्र पारेका वडा भित्रका आयोजना पूरा गर्न दाबी गरे।

उम्मेदवारहरू आ-आफ्नो एजेन्डा लिएर विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारीका घरमै पुगेर मत मागि रहेका छन्।  मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी ३ मा १८ सय ३० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल जिप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो। खाँदबारी-३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो। निर्वाचित दुवै अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका हुन्।

गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचनमा समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, संघीय लोकतान्त्रिक मञ्चलगायताका साना सात दलबाट समेत उम्मेदवारी दर्ता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.