|

काठमाडौं : सरकारी प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिले फिनल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रलायका वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले फिनल्याण्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।

सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्याण्डसँग व्यापार, लगानी, पर्यटन प्रवर्द्धनमा जोड दिएको र निजी क्षेत्र तथा नेपाल भ्रमणमा रहेका फिनल्याण्डका व्यावसायिक समस्यामा समाधन गरी अनुकूल वातावरण बनाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले फिनल्याण्ड सरकारसँग व्यापार प्रवर्द्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए। नेपालको पर्यटन, जलस्रोतलगायतका आर्थिक क्षेत्रमा सहकार्य बढाउन र लगानी भित्र्याउन सरकारले अन्तरदेशीय सहकार्य गर्नुपर्ने बताए। नेपालमा लगानीको वातावरण बन्दै गए पनि केही कानूनी समस्या भएकाले यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने मल्लको भनाइ थियो।

अवसरमा नेपलका लागि फिनल्याण्डका महामहिम राजदूत पेर्टी एन्टिननले चेम्बर सँगको सहकार्यमा दोश्रो पटक यस किसिमको व्यापारीक प्रतिनिधि मण्डलको भेटघाटले यूरोपियन समुदायकाले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईवीए) को सुविधा प्राप्त गर्न सहज हुने बताए। उनले नेपाल फिनफण्डबाट बढी दरखस्त आहन गरी नेपाली उद्यमी व्यवसायीहरू लाभान्वित हुने अवसर यस किसिमको प्रतिनिधीमण्डलको भ्रमणले हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.