|

काठमाडौं : काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक स्वयम्सेवक परिचालन गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आयोजना र  काठमाडौँ स्कुल अफ ल, चक्रवर्ती हवि एजुकेशन एकेडेमी र नेसनल ल कलेजको सहकार्यमा 'दोस्रो चरणमा  विद्यार्थी  परिचालन गर्न लागिएको हो।

नेपाल प्रहरीले आत्मसात गरेको कार्यक्रम समुदाय-प्रहरी साझेदारिता अवधारणा अनुरुप सहकार्य र सक्रिय संयुक्त सहभागिताको आधारमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन चक्रवर्ती हवि एजुकेशन एकेडेमीका ४० जना, काठमाडौँ स्कुल अफ ल का २५५ जना र नेसनल ल कलेजका ४० जना गरी जम्मा ३५५ जना  युवा ट्राफिक स्वयम्सेवक परिचालन हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त बनाउन दोस्रो चरणमा हुन लागेको यस कार्यक्रमले युवा र विद्यार्थीहरूसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने विश्वास लिएको महाशाखा प्रमुख भाप्रसाद ढकलले जानकारी दिए।

युवाहरूमार्फत ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्‍याएर ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने र ट्राफिक नियम पालना तथा  सडक अनुशासन विषयलाई स्वत: आमप्रवृत्तिको रूपमा विकास गर्ने मुख्य उदेश्य रहेको प्रमख ढकालको भनाइ छ।

एक हप्तासम्म चल्ने उक्त कार्यक्रममा  युवाहरूमा ‘हामीविना बर्दीका ट्राफिक प्रहरी हौ’ भन्ने भावना जागृत गर्ने, युवा स्वयमसेवक परिचालन गरेर वर्तमान अवस्थामा काठमाडौंका मुख्य चोक तथा क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार गरी आमनागरिकलाई राहत दिने उद्देश्य राखिएको महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.