|

काठमाडौं : एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि चुमेर इतिहास रचेको नेपाली राष्ट्रिय महिला भलिबल टोली अहिले साग केन्द्रीत प्रशिक्षणमा व्यस्त छ।

सेन्ट्रल जोनको गोल्ड मेडलको खुसीसँगै उच्च मनोबलका साथ घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि केन्द्रित भएको छ।

१३ औं सागमा पनि स्वर्ण पदक नै लक्ष्य राखेको नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्ठले खेलाडीहरु उच्च मनोबल र विश्वासका साथ सागका लागि तयारी गरिरहेको बताए। सागमा नेपाल समूह 'ए' मा रहेको छ। नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी भारत र श्रीलंकालाई मानेको छ ।

नेपालले प्रतियोगीताको दोस्रो दिन सागको यात्रा सुरु गर्नेछ। उद्घाटन खेलमा भारत र बंगलादेश खेल्नेछन । समुह 'ए' मा नेपाल, बंगलादेश र भारत रहेका छन् । समुह ‘बी’ मा पाकिस्तान,माल्दिभ्स र श्रीलंका रहेका छन् ।

नेपाली टोलीमा अरुणाा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्‍ना, प्रतिभा माली, हिरा केसी, उषा भण्डारी, सलिना श्रेष्ठ, सुनिता खड्का, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सोफिया पुन, कमला पुन र उषाकुमारी विष्ट छन्। मुख्य प्रशिक्षक जगदीश भट्ठ सागमा गोल्ड मेडल हाँसिल गर्ने लक्ष्य पुरा गर्न भरपुर प्रयास गरिरहेको बताउँछन्।

भिडियाे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.