|
फाइल तस्विर

काठमाडौं : सरकारले विद्युत् निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको जानकारी दिए। काठमाडौंमा जारी ऊर्जा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न पनि सरकारले विभिन्न ऐन, कानुनमा सुधार गरेको बताए।

सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। तर, आन्तरिक खपत १ हजार ५ सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नु परेको मन्त्री खतिवडाको भनाइ छ। उनले डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्तालाई आग्रह गरे।

अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएकाले पनि नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको पनि स्मरण गराए। उनले जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन पनि सम्बन्धित सबैलाई आह्वान गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.