|

धनगढी : कैलाली जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीमाथि श्रीमतीले वैवाहिक बलात्कार र भ्रूण हत्याको आरोपमा उजुरी दर्ता गराएकी छन्। स्रेस्तेदार गिरीकी श्रीमती आरती रावल गिरीले बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएकी हुन्।

नेपालगन्ज घर भएकी आरतीले डेढ वर्षअघि भुवनसँग दोस्रो पत्नीका रूपमा विवाह गरेकी थिइन्। गिरीले कुटपिट गरेर दुई पटक पेटमा भएको बच्चालाई मारिदिएको भन्दै उनले बुधबार भ्रूण हत्या र वैवाहिक बलात्कारको आरोपमा उजुरी दर्ता गराएकी हुन्। आफूलाई आमा बन्ने अधिकारबाट गिरीले बञ्चित गरेको आरतीको आरोप छ।

जिल्ला प्रहरी कार्यकाल कैलालीले गिरिलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइसकेको जनाएको छ। गिरि अहिले सम्पर्कमा नरहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउने बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायक उपरीक्षक दक्ष बस्नेतले उजुरीपछि अनुसन्धानको प्रक्रिया सुरु भइसकेको जानकारी दिए। ‘अहिले त आरोप मात्रै लागेको छ’ उनले भने, ‘हामी अनुसन्धानमा छौँ,  आरोप प्रमाणित भए कारबाही हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.