जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाले लामो समयदेखि बृद्धभत्ता नदिएको भन्दै स्थानीय बृद्ध-बृद्धाहरू आन्दोलित बनेका छन्।
शुक्रबार सयौंको संख्यामा बृद्ध-बृद्धा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्। विगत ८ महिनादेखि भत्ता नदिएको बृद्धबृद्धाले गुनासो गरे। उनीहरूले नगरप्रमुख उदय बरबरियाविरुद्ध नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे।
नगरपालिका पटक पटक धाउँदा पनि नगरप्रमुख बरबरियाले वास्ता नगर्ने गरेको जनार्द मरिकले बताए। उनले नगरप्रमुखले बृद्धभत्तामा भ्रष्टाचार गरेको आरोप समेत लगाए। नगरपालिकाका ९ वटैबाट बृद्धबृद्धा नगरपालिका पुगेका थिए।
बृद्धभत्ताका लागि विरोध हुने थाहा पाएपछि नगरप्रमुख बरबरिया कार्यालयबाट पहिल्यै निस्किसकेका थिए। उनीहरू घण्टौसम्म कार्यालय अगाडि नारा जुलुस लगाएर घर फर्केका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।