|

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधीन रहेको भीमफेदीदेखि इपा सम्मको सडकको अवलोकन गरेका छन्। अवलोकनका क्रममा निर्माणधीन रहेको सडकलाई समयमा नै निर्माण सक्न निर्देशन पनि गरेका छन्। 

काठमाडौं जाने विकल्पका रुपमा समेत प्रयोग गरिने सडकको रुपमा रहेको सडक अनुगमनमा मुख्यमन्त्री पौडेल निस्केका हुन्। २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सडकको लम्बाई २३.६४० किलोमिटर रहेको छ। २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ।

उक्त सडक निमार्ण भएपछि भिमफेदी गाउँपालिकाका स्थानीयहरू लाभान्वित हुने छन् भने काठमाडौं-इपा-देउराली सडक खण्ड हुँदै सवारी सञ्चालन हुन सक्ने छन्। यसले सिस्नेरी-फाखेल हुँदै चल्ने सवारी साधनले समेत उक्त सडक खण्ड प्रयोग गर्न सक्ने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए। 

शुक्रबार नै मुख्यमन्त्री पौडेलले भीमफेदीको विभिन्न क्षेत्रमा भइरहेको योजनाको अनुगमन समेत गरेका थिए। अनुगमनको क्रममा स्थानीयको खानेपानीको गुनासो आएपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ मा खानेपानीको सुनिश्चितता हुने बतए।

खानेपानी पहिलो आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पौडेलले हरेक जनताको घरमा खानेपानीको धारा जडान गरिने दाबी गरे। उनले भौतिक विकासलाई मात्र विकास नठान्न आग्रह गर्दै अन्य विकासलाई पनि प्राथमिकता दिन आग्रह गरे। विकासका पूर्वाधारबाट हरेक ठाउँ विकास हुनुपर्ने भए पनि विकासका नाममा विनास गर्न नहुने समेत बताए। 

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण इकाइ मकवानपुरका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.