|

चितवन : चितवन मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीले भरतपुरमा आइतबार विरोध प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा संघर्ष समितिको व्यानरमा सिएमसीसहित विभिन्न स्कुलका हजारौँ विद्यार्थीको सहभागितामा नाराजुलुस गर्दै प्रदर्शन गरेका हुन्। 

करिव ३ हजार विद्यार्थीले चितवन मेडिकल कलेजबाट लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुन चौविसकोठीमा आएर कोणसभा गरेको थियो।कोणसभालाई संवोधन गर्दै विद्यार्थीले आफूहरू कुनै पनि हालतमा पछि नहट्ने चेतावनी दिएका थिए। 

विद्यार्थीको जायज माग संवोधनका क्रममा आफूहरू गोली थाप्न पनि तयार रहेको बताएका थिए। सिएमसीका विद्यार्थी मान्यता थापाले मेडिकल माफियाले विद्यार्थीलाई दिनसम्म दुख दिएको भन्दै अव यो आन्दोलनलाई पार लगाएरै छाड्ने दृढता व्यक्त गरे। उनले जायज माग राख्दा सिएमसीसँगको मिलेमतोमा प्रहरीले विद्यार्थीलाई धरपकड गरिरहेकाले यस्तो काम बन्द गर्न प्रशासनलाई चेतावनी पनि दिइन्।

विद्यार्थीको साटो विद्यार्थी र अभिभावक ठक्ने माफियालाई कारवाही गर्न आग्रह गरेका थिए। आजको कार्यक्रममा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दलगायत केही विद्यार्थी अगुवाहरू भने सहभागी भएका थिएनन्। उनीहरू हिजो मात्रै होस्टल परिसरमा प्रहरीले पेस्तोल फेला पारेपछि पक्राउ पर्ने भयका कारण कार्यक्रममा नदेखिएको हुनसक्ने विद्यार्थीको भनाई छ। 

विद्यार्थीलाई अभिभावकले पनि साथ दिएका थिए। र्‍यालीमा सहभागी विद्यार्थी तथा अभिभावकले गर या मर, माफिया होसियार, बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावादलगायतका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए।

संभावित दुर्घट्नालाई मध्यनजर गर्दै सिएमसी र चौविसकोठी आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.