|

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाको उनायचौरमा ट्री हाउसमा अवलोकन गर्न आउनेहरूको भीड लागेको छ।

सल्लाको रुखमा घर बनाई आन्तरिक तथा बाहय पर्यटक विशेष गरी बिदाका दिनमा यहाँ घुम्न आउनेहरूको भीड लाग्ने गरेको पाइएको छ। निर्माण भएको केही महिनामै ट्री हाउस अवलोकन गर्न आउनेहरूको भीड लागेको रेसुंगा नगरपालिका ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले जानकारी दिए। 

करिब तीन महिनामै २० हजार जतिले अवलोकन गरेको सो व्यवस्थापन समितिले जनाएको छ। यसमा ज्येष्ठ नागरिकको संख्या गणना गरिएको छैन। ज्येष्ठ नागरिकलाई निशुल्क व्यवस्था गरिएको छ भने विधार्थीका लागि १० र अन्यलाई २० रुपैयाँ टिकटबापत लिने गरेको समितिले जनाएको छ। 

शनिबार प्रदेश ५ का उद्योग पर्यटन तथा  वन वातावरणमन्त्री लीला गिरीले ट्री हाउसको उद्घाटन गर्दै पर्यटनसँगै आय आर्जजमा बृद्धि गर्नुपर्नेमा जोड दिए।पर्यटनको विकाससँगै स्थानीय स्तरको जनजीवनमा आय आर्जनमा समेत बृद्धि हुनुपर्नेमा जोड दिएका छन्। 

राज्यको लगानीमा पर्यटकीय स्थलहरू बन्ने तर त्यसलाई सदुपयोग गरी आय आर्जन नभएमा त्यस्को कुनै अर्थ नहुने भएकाले पर्यटन विकाससँगै होटल, नास्ता पसल लगायतको माध्यमबाट स्थानीय आय आर्जनमा बृद्धि गर्ने गरी लाग्न आग्रह गरे। 

कुल १३ लाख ३८ हजार ९११ रुपैयाँमा ट्री हाउस निर्माण भएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख बोधराज सुबेदीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.