|

काठमाडौं : नेपाल चेम्बर अफ कमर्शले बस्तु तथा सेवाको आवश्‍यक जानकारी तथा प्रचारको लागि पावर डिजिटल मार्केटिङ आवश्‍यक रहेको औल्याएको छ। चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सूचनाको एकीकृत ढंगले प्रस्तुत गर्न सदस्य उद्योगी/व्यवशायी र जिल्ला, नगर र प्रदेश चेम्बरसँग समेत सहकार्य गर्न  गृहकार्य अघि बढाएको जनाएको छ। 

 हाम्रो पात्रोका प्रमुख व्यवस्थाक सन्तोष कुमार देवकोटाले सूचना प्रविधिको क्षेत्रमा देखिएको प्रगती र व्यवशायीक जगतले पावर डिजिटल मार्केटिङ (पिडिएम) को माध्यमबाट आफ्नो वस्तु र सेवाको विज्ञापन विशिष्टीकृत ढङ्गले प्रस्तुत गर्न सकिने बताए। उनले यसको प्रयोगमा जोड दिए सहजै फाइदा लिन सकिने उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.