|

काठमाडौं : ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ । 

यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने छ । 

न्यूनतम ब्याजदरमा सुलभ र सहज रुपमा पाप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्नेछ । यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहित विभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई प्रदान गरिनेछ । 

जन्मभूमि घर कर्जा ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ । यससम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशका कार्यालय तथा ग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ। 

बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत् ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.