ठगी गर्ने मेडिकल कलेजलाई सिधै कारबाही

|

पर्सा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजलाई सरकारले सिधै कारवाही गर्नुपर्ने बताएका छन्। 

विद्यार्थीहरुबाट असुलिएको अतिरिक्त शुल्क फिर्ताको अल्मिटेम दिने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता पाण्डेले कानुनविपरीत काम गर्ने मेडिकल कलेजमाथि कारवाही नै चलाउनुपर्नेमा जोड दिए।

पर्साको वीरगन्जमा मंगलबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘बढी शुल्क लिएर ठगीमा संलग्न मेडिकल कलेजहरुलाई सरकारले अल्टिमेटम होइन, सरकारले सिधै कारवाही चलाउनुपर्छ।’ 

नेता पाण्डेले सीमा समस्यामा जस्तै देशको समृद्धिको मुद्दामा पनि दलहरु एक हुनुपर्ने अडान राखे। ‘सीमा समस्या जसरी नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिए’, उनले भने, ‘त्यसैगरि मुलुककको समृद्धिको सवालमा सबै पार्टीहरु एक ठाउँमा उभिएर एकै एजेन्डा बनाएर अघि बढ्नुपर्छ।’

कूटनीतिक युद्ध थालियोस्

उनले नेपालले आफ्नो एक इन्च पनि भूभाग छाड्न नहुने मत राखे। ‘लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको एक इन्च पनि भूभाग नेपालीले छाड्न सक्दैनन् र छाड्न पनि हुँदैन’, उनले भने, ‘त्यो सवालमा नेपाल सरकारले आफैँ पनि एक इन्च जमिन नछाड्ने भनेर सार्वजनिकरुपमा बोलिसकेको छ’, उनले थपे, ‘सरकारले सार्वजनिकरुपमा बोलिसकेकाले अब कूटनीतिक पहल गररे हाम्रो अतिक्रमित भूमि फिर्ता लिनुपर्छ।’

नेता पाण्डेले सीमा अतिक्रमण हुँदा पहिले नागरिक समाज र विपक्षी बोल्दा नबोलेको स्मरण गराउँदै यो पटक सरकार पनि बालेको उल्लेख गरे। 

‘पहिले विपक्षी र नागरिक बोल्दा सरकार केही बोल्दैनथियो। तर यो सरकार आफैँ बोलेकाले यो कुरा सकारात्मक छ’, उनले भने, ‘अब भारतसँग कूटनीतिक पहल गरेर जमिन फिर्ता लिनुपर्छ।’

नेता पाण्डले भौतिकरुपमा कसैसँग जुध्ने भन्दा यो मामिलामा कूटनीतिक लडाइँ महत्त्वपूर्ण हुनेमा जोड दिए। ‘फिजिकल हिसाबले कसैसँग लड्ने जुध्ने भन्दा कूटनीतिकरुपमा समाधान गर्नुपर्छ’, उनले थपे, ‘यो पनि एक किसिमको युद्ध हो, आफ्नो जमिन फिर्ता लिन अहिलेलाई भौतिक युद्ध भन्दा कूटनीतिक युद्धमा सरकार लाग्नुपर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.