|

काठमाडौं : इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले संचालनको २०औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकको लागि ‘क्या लभ्ली अफर’ नामक योजना बजारमा ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टिभी र ६४ मेगापिक्सल क्यामरा भएको सावमी रेडमी नोट ८ प्रो प्राप्त गर्ने सक्ने भायनेटले जनाएको छ। त्यसैगरी मात्र २७ हजार ७०० मा ग्राहकले एक वर्षका लागि इन्टरनेट, नेट टिभी र सावमी रेडमी नोट ८ प्राप्त गर्नेछन्। यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकले मात्र रु. १८ हजार ७९० देखि सामसुङ र स्काइवर्थ को ३२” देखि ४३” सम्मका एलइडी टिभीहरूका साथै इन्टरनेट र फ्रि नेट टिभी प्राप्त गर्न भायनेटले जनाएको छ।

यस योजनाअन्तर्गत भायनेटले ग्राहकलाई तीन महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराएको छ। सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ। सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटटएच इन्टरनेट सर्भिस शुरुवात गरेको थियो।

आफ्ना सुविधा काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, वीरगंज, चितवन, हेटौँडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.