|

काठमाडौं : आगामी मंसिर २० गतेदेखि ग्लोबल आईएमई बेंक र जनता बैंकले एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जान दिएको अन्तिम स्वीकृतिसँगै एकीकृत कारोबार हुने भएको हो । 

यी दुई बैंकको मर्जरसँगै ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्तापूँजी भएको बैंक बन्‍ने छ। मर्जरपछि बैंकको चुक्तापुँजी १९ अर्ब रूपैयाँ पुग्‍नेछ। हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्तापूँजी  ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ छ।

ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५र०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसंगै बैंकको चुक्तापूँजी  ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनताबैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसंगै बैंकको चुक्तापूँजी  ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ। यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन्। बैंकका एटिएम  २ सय ५६ र  २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ। यसैगरि बैंकका कर्मचाारी  ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहकहरु २० लाख नाघ्नेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.