|

धरान : धरान उपमहानगरको ग्रामीण क्षेत्र पाँचकन्या क्षेत्रमा मतादाताको राम्रो उपस्थिति छ। तर बजार क्षेत्रमा पर्ने ज्ञानचक्सु माबिमा भने मतदाताको संख्या न्यून देखिन्छ।
यी दुइ मतदान केन्द्र मात्र हैन यो पटक धरानको बजार क्षेत्रका मतदान केन्द्रमा मतादाताको उपस्थिति न्यून छ। ग्रामीण क्षेत्र ति माथी सुकुम्बासी क्षेत्रका मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिन्छ।

ग्रामीण भेगका स्थानीयहरु भोट हालेपछि पनि स्थानीयहरु निर्वाचन केन्द्र आसपास नै बाटो घाटो बनाउने विषयको छलफलमा छन्। लालपुर्जा पाउन उत्साहित सुकुम्बासी परिवारहरु भोट हाल्न आएका छन्।

मतादान गर्दै गरेकी एक महिलाले भनिन् ' धेरै पटक झुक्याए यो पल्ट त्यसो नगर्लान।' सात नम्बर वाडध्य्क्ष र प्रमुख पदको लागी भएको निर्वाचनमा १२ बजे सम्म २३ प्रतिसत मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.