|

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा भइरहेको मतदानमा दिउँसो २ बजेसम्म १५ सय ४० मत खसेको छ । जिल्लाभरिकै एक रिक्त वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनअन्तर्गत शनिबार बिहान ७ बजेदेखि मतदात सुरु भएको हो।

लालपुरका तत्कालीन स्वतन्त्र वडाध्यक्षमा निर्वाचित शकुन्तला भारतीको मृत्यु भएका कारण उपनिर्वाचनमार्फत वडाध्यक्ष चयन गर्न लागिएको हो। वडामा रहेका २ हजार ७२ मतदातामध्ये ७४ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। शितलापुरमा ९०४ र लालपुरमा ११६८ मतदाता रहेका छन्। जसमध्ये शितलापुरमा सात सय २३ र लालपुरमा आठसय १७ मत खसेको भण्डारीले बताए।

वडाका लालपुर र शितलापुर आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने तीनवटा मतदान केन्द्र निर्धारण गरिएको छ। सवै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदान साँझ ५ बजेसम्म हुनेछ। मतदानपश्चात दलहरूबीच दलीय सहमती भए शनिबार बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए।

वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन्। यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.