|

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन्। सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको जिकिर छ।

अनेरास्ववियुले सुरु गरेको ‘सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि’ नामक तीनमहिने अभियानको मंगलबार दरबार हाइस्कूलमा उद्घाटन गर्दै उपाध्यक्ष गौतमले आफूहरुलाई सरकारमा आउनुस् भनेर फकाउन थालिएको खुलासासमेत गरे।

‘सत्तारुढ दलहरुले हामीलाई सरकारमा आउनुस्, मिलेर जाऔँ, तर प्रस्तावचाहिँ अघि बढ्न दिनुपर्छ भनेर फकाउन थालेका छन्,’ गौतमले भने- ‘हामी यसलाई च्याँखे थापेर सरकारमा जाने पक्षमा छैनौँ।’ सरकारभन्दा पनि चुनाव आफूहरुको प्राथमिकतामा रहेको उनको भनाइ छ।

सबै मिले पनि चुनाव जित्छौँ    
गौतमले आगामी चुनावमा अरु सबै दल मिले पनि एमालेले जित्ने जिकिर गरे। अरु सबैदल एकातिर र एमाले अर्कोतिर भएपनि एमाले विजयी हुने उनको दावी छ।

तराई/मधेशमा एमालेलाई बहिस्कार गर्छौँ भन्ने मधेसकेन्द्रित दलहरुको भनाईतर्फ इङ्गित गर्दै उपाध्यक्ष गौतमले उनीहरु नै बहिस्कृत हुने ठोकुवा गरे। पाँच नम्बर प्रदेश टुक्राउन हुँदैन भनेर बुटवलमा उत्रिएका दुई लाख जनतालाई एमाले कार्यकर्ता भनिएकोमा उनले आश्चर्य व्यक्त गरे। ‘त्यो मानिस सबै एमाले कार्यकर्ता रहेछन् भने के चाहियो त!’ गौतमले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.