|
पत्रकार कर्ण बोहराकी पत्नीको उपचारका लागि गरिएको सहयोग संकलनको एक फोटो

धनगढी : दिवङ्गत पत्रकार कर्ण बोहराकी पत्नी ममतालाई उपचारका लागि १० लाख ३५ हजार आठ सय ७१ रुपैयाँ हस्तान्तरण गरिएको छ । 

दुवै मृगौला खराब भए पनि आर्थिक अभावमा समयमै उपचार पाउन नसकेकी ममताको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले यहाँका पत्रकार र नागरिक समाजका अगुवाको पहलमा ‘ममता बचाउ अभियान’थालिएको थियो। अभियानका सदस्य तथा सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराब) का ७ नं प्रदेश अध्यक्ष दीर्घराज उपाध्यायले सङ्कलित रकम दिवङ्गत पत्रकारकी पत्नी ममतालाई भक्तपुरस्थित डेरामा पुगेर हस्तान्तरण गरेका हुन्।

ममता बचाउ अभियान सञ्चालनपछि यस क्षेत्रमा पत्रकार, शिक्षक, विद्यालय सञ्चालक, पेसाकर्मी, व्यवसायी र सर्वसाधारणले स्वतःस्फूर्त रुपमा सहयोग गरेका थिए। 

दुवै मृगौला खराब भएकी पत्नी ममताको उपचारका क्रममा काठमाडौँमा रहेकै बेला करिब दुई महिनाअघि पत्रकार कर्ण बोहराको मृत्यु भएको थियो। बोहराको मृत्युपछि बिचल्लीमा परेकी बोहरा पत्नी ममताको उपचारका लागि ममता बचाउ अभियान सुरु गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.