|
प्रमुख निर्वाचन आयुक्त डा. यादव

काठमाडौं : निर्वाचन आयोगले जेठको पहिलो साता स्थानीय तहको निर्वाचन गर्न सकिने जनाएको छ। तर यसका लागि माघ १५ गतेभित्र निर्वाचन कानुन प्राप्त भैसक्नुपर्ने आयोगको भनाई छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गते भित्र निर्वाचन सम्बन्धि कानुन प्राप्त भए जेठको पहिलो साता स्थानीय तहको निर्वाचन गराउन सकिने स्पष्ट पारेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले नयाँ कानुन नबनेकाले आयोग पुरानै ऐन, कानुन अनुसार निर्वाचनको तयारीमा जुटन बाध्य भएको पनि उल्लेख गरे।

यादवले सरकारले समयमै कानुन निर्माण गर्न नसक्दा चैतमा स्थानीय तहको निर्वाचन गराउने समय टरेर गएको पनि जानकारी गराए। उनले स्थानीय तहको निर्वाचन चरणवद्ध रुपमा गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।

'माघको १५ गतेसम्ममा निर्वाचन सम्बन्धी कानुन प्राप्त हुन नसके जेठको पहिलो हप्ता पनि निर्वाचन गर्न सकिँदैन', प्रमुख निर्वाचन आयुक्त यादवले भने।  

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोग पहिले प्रतिनिधि सभा वा प्रदेश सभाको निर्वाचन गराउन पनि तयार रहेको स्पष्ट पारे।

पहिले प्रतिनिधि सभाको निर्वाचन गराउने विषयमा पनि दलहरुबीच छलफल हुने गरेको उल्लेख गर्दै उनले आयोग जुनसुकै तहको निर्वाचन गराउन पनि तयार रहेको प्रष्टिकरण दिए। प्रमुख निर्वाचन आयुक्त यादवले मंसिर दोस्रो साता भित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्ने गरी छिटो सहमतिमा पुग्न पनि दलहरुलाई सचेत पनि गराए।

'प्रदेश सभाको निर्वाचन मंसिरको पहिलो सातामा गर्नुपर्छ। दोस्रो साता हिमपातले गर्दा निर्वाचन गर्न सम्भव हुँदैन', उनले भने।  

सरकारले निर्वाचनको मिति समेत तय नगरेपछि निर्वाचन आयोग आफै अलमलमा परेको छ। २०७४ साल माघ ७ भित्र तीनै तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता छ।

यो पनि पढ्नुहोस्ः सरकारलाई निर्वाचन आयोगको १५ दिने 'अल्टिमेटम'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.