|

रौतहट : रौतहटको गडीमाइ नगरपालिका २ मा साढे ८ बजेबाट मत गणना शुरु भएको छ।

१ हजार ८ सय २२ मत रहेको सो वाडमा २ वटा मतदान स्थलको ३ वटा केन्द्रबाट मतपेटीका मतगणना स्थलमा ल्याएर मत गणना शुरु गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका छन्। सो वाडमा १ हजार ५४९ अर्थात ८५.०१ प्रतिशत मत खसेको उनले जानकारी दिए।

अहिले गडीमाइ नगरपालिका १ मा रहेको शंकर गुदर मावि समनपुरमा मतगणना भइरहेको छ। वडा अध्यक्ष पदमा नेकपाको तर्फबाट जवार मिया, कांग्रेसको तर्फबाट दिपेन्द्र श्रेष्ठ र समाजबादीको तर्फबाट दिनेशदास तत्माले उमेदवारी दिएका छन्।

२०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनका राजपाबाट निर्वाचित सो वडाका अध्यक्ष जोगी दास तत्माको मृत्यु भएपछि उक्त वाडमा निर्वाचन भएको हो। मृतक जोगी दासका छोरा दिनेश दासले समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.