|

अर्घाखाँची :  अर्घाखाँचीको मालारानी गाँउपालिका ३ क‍ो वडाअध्यक्षमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्। 

उनी ११ सय ५९ मत प्राप्त गरि विजयी भएका हुन्।  उनका निकटत प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरि पराजित भएका छन्। 

१ सय ६ मतको अन्तरले यमलाल पराजित भएका हुन्। त्यस्तै राप्रपाका रणबहादुर खनालले ४ मत प्राप्त गरेका छन्। ९ मत बदर भएका छन्।  

वडा अध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा कुल ३ हजार ११ मतदाता संख्यामा २२ सय २५ मत खसेको थियो। मतदाताको अनुपातमा ७३.८९ प्रतिशत मत खसेको थियो ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.