जनताले नेकपालाई नराम्रो झापड हाने

|

चितवन : चितवनको तीनवटै वडामा आफ्ना उम्‍मेदवार विजयी भएपछि नेपाली कांग्रेस चितवनले आज भरतपुरमा विजय र्‍याली निकालेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका १६, खैरहनी नगरपालिका ४ र ५ मा विजयी भएपछि कांग्रेसले र्‍याली निकालेर खुसीयाली मनाएको हो। 

चौविसकोठीबाट सुरु भएको र्‍याली लायन्सचोक, सहिदचोक हुँदै पुलचोक पुगी भरतपुर-१६ तर्फ गएको थियो। र्‍यालीमा जिल्ला सभापति जितनारायण श्रेष्ठलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

चितवनको तीनवटै वडामा कांग्रेस विजयी


र्‍यालीपछि सभालाई सम्‍बोधन गर्दै सभापति श्रेष्ठले चितवनमा जनताले नेकपालाई नराम्रो झापड हानेको बताएका छन्। उनले कांग्रेस कमजोर छ भन्ने भ्रम कसैलाई अझै छ भने त्यो प्रत्युत्पादक मात्रै हुने चेतावनी पनि दिए। श्रेष्ठले थपे, ‘चितवनमा गुमेको साखलाई आगामी २०७९ को चुनावमा फर्काउने गरी काम गरिरहेका छौँ, हामी चितवनमा १ नम्बरको पार्टी बनाउछौँ।’

उनले यसअघि कम्युनिष्टलाई दाइजो दिएको भरतपुर-१६ कांग्रेसले फिर्ता ल्याएको बताए। यस वडामा कांग्रेसका उम्‍मेदवार अमृत हमाल विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.