शुक्रबारसम्म अस्‍पतालमै रहने

|

काठमाडौं :  एपेन्डिटाइटिस भएर पेटभरी संक्रमण फैलिएपछि गम्भीर विरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ।

गत मंगलबार दिउँसो शल्यक्रिया गरिएपछि पटक पटक गम्भीर अवस्थामा पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार भएको महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।

१० मंसिरमा शल्यक्रिया पछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निगरानीमा राखिएको र अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको समेत उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

स्वास्थ्यमा सुधार आएपछि आइतबारदेखि प्रम ओलीले ठोस खानेकुरा खुवाउन थालिएको बताइएको छ। आइतबारदेखि प्रमले जाउलो साग तथा अन्डाको सेत भाग खान थालिएको छ।

शुक्रबार सम्म अपतालमै

एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई आगामी शुक्रबारसम्म अस्पतालमा राखिने चिकित्सकहरुले बताएका छन्।

अपरशेन गरेको घाउको टाँका नखोलेसम्म डिस्चार्ज नगरिने चिकित्सकहरुले बताएका हुन्। ‘अन्य विरामी भए उहाँलाई डिस्चार्ज गरे पनि हुनेखालको सुधार भएको छ। तर उहाँ प्रत्यारोपणको बिरामी भएकाले टाका खोल्न १० दिन जति लाग्छ जसले गर्दा हामीले टाका खोलेपछि मात्रै डिस्चार्ज गर्ने पक्षमा छौँ। सम्भवत शुक्रबारसम्म उहाँ यही बस्नु हुन्छ होला।'

अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ। यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ।

घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अहिले प्रमको संक्रमण नियन्त्रणका लागि नियमित एन्टिबायोटिक्स दिने र संक्रमणको मात्रा हेर्नका लागि कल्चर र अन्य जाँचहरु नियमित रुपमा भइरहेको छ।

एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली मिर्गौलाका विरामी छन्। उनको अहिले त्यही सेन्टरमा नियमितजसो हेमो डायालासिस भइरहेको छ। उनको हालसम्म सातौँ पटक डायलासिस गरिएको छ।

प्रधानमन्त्री ओलीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री आईसीयुभित्रै सामान्य हिँडडुल गर्न सक्षम भएका छन्।

 बोलीचालीमा कुनै समस्या नरहेको प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। ‘हरेक दिन सामान्यरुपमा आईसियुमा नै हिँडाइएको छ। अपरेशनको घाउ भएकाले धेरै हिँड्न गाह्रो छ', ती चिकित्सकले भने।

प्रधानमन्त्रीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेका थिए। अचानक पेट दुख्न थालेपछि मंसिर १० मा अस्पताल पुर्‍याइएका ओलीको त्यही दिन शल्यक्रिया भएको थियो। तत्काल भेन्टिलेटरमा राखेर उपचार सुरु गरेसँगै केही घण्टापछि नै स्वास्थ्यमा उल्लेखनीय सुधार देखिन थालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.