एक खर्बको बजेटमा पाँच अर्ब मात्रै खर्च

|

काठमाडौं : सरकारले उच्च प्राथमकितामा राखेर चालु आर्थिक वर्षमा २१ मध्ये १८ आयोजनलाई चालु आर्थिक वर्षमा खर्च विनियोजन गरेको छ। सरकारले उच्च प्राथमिकता राखेको बताए पनि कामको स्थिति विगतको भन्दा पनि कमजोर रहेको छ। साढे चार महिनाको अवधिमा ५.७ प्रतिशतको मात्रै खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ। 

राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने र अन्य समस्यामा पनि समन्वय गरी तोकिएकै सीमाभित्र आयोजना निर्माण गर्ने विषयमा पटकपटक प्रतिबद्धता जनाइए पनि खर्च भने कम गरिएको छ। गत आर्थिक वर्षमा ८८ अर्बको बजेटमा ८९ प्रतिशत खर्च भएकोमा चालु आर्थिक वर्षमा एक खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको थियो। 

पुरानै लय

अघिल्ला आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा समग्र खर्चभन्दा कम हुने गरेकोमा गत आर्थिक वर्षमा केही बढेको थियो। तर चालु आर्थिक वर्षमा भने एक खर्बको बजेटमा १०५ दिनको अवधिमा पाँच अर्ब ७६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 

त्यस्तो गत वर्ष अर्धवार्षिक समीक्षासम्मको अवस्थामा पनि २८ प्रतिशत मात्रै खर्च देखिएपछि प्रधानमन्त्रीले सक्रियता देखाएका थिए। 

 चालु आर्थिक वर्षमा भने ५ महिनाको अवधिमा अघिल्लो बराबरको खर्च पनि हुन सक्ने देखिएको छ। २८ प्रतिशतको खर्च गर्नको लागि अबको डेढ महिनामा २३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। जबकि साढे चार महिनाको अवधिमा ५ अर्ब ७६ करोड रुपैयाँको मात्रै खर्च भएको छ। 

कहाँ कति बजेट कति खर्च?

आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय गौरवका आयोजनामा बजेट विनियोजन गरिएको रकममा ४९ प्रतिशत खर्च भएकोमा गत आर्थिक वर्षमा ८९ प्रतिश खर्च पुगेको थियो।

राष्ट्रिय गौरवका आयोजनाको खर्च प्रगति ८९ प्रतिशत, कुन आयोजनामा कति खर्च?
तर चालु आर्थिक वर्षको साढे चार महिनामा ६ प्रतिशतको पनि खर्च हुन सकेको छैन। 

कहाँ कति बजेट कति खर्च

आयोजना

बजेट(लाखमा)

 खर्च (लाखमा)

खर्च %

 बूढीगण्डकी जलविद्युत् आयोजना

१३७५६

३५१७

२.६

बबई सिँचाइ आयोजना

१४९८६

८५०

५.७

सिक्टा सिँचाइ आयोजना

१५२०३

२०४८

१३.५

 रानीजमरा सिँचाइ आयोजना

२४२३४

३११०

१२.९

भेरी–बबई डाइभर्सन आयोजना

४२०२८

७६०७

१८.१

मेलम्ची खानेपानी आयोजना

७३८९५

२४०८

३.३

 पशुपति क्षेत्र विकास कोष

३५००

 

 

लुम्बिनी क्षेत्र विकास कोष

१००००

२८४२

२८.४५

राष्ट्रपति चुरे संरक्षण आयोजना

१७३६९

४३५

२.५

मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना

१२१९९२

१२५४४

१०.३

काठमाडौं तराई मधेस द्रुतमार्ग

१५००७२

७३६

०.५

उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी

५००९६

६२५६

१२

 हुलाकी राजमार्ग

१३६३०७

८१८२

रेल मेट्रो रेल तथा मनोरेल

७६९६९

७०५०

९.२

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

१००००

 

 

दक्षिण एसिया पर्यटन पूर्वधार

३३३६४

 

 

पोखरा  क्षेत्रीय विमानस्थलमा

८००००

 

 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ

१५०००

 

 

जम्मा

१०१०७११

५७६०७

५.७

कर्मचारीको लागि मात्रै खर्च

राष्ट्रिय गौरवका आयोजनामा गरिएको खर्चमा अहिलेसम्म कर्मचारीको तलबमा मात्रै बजेट केन्द्रित भएको देखिएको छ। सरकारले चालु खर्चको लागि दुई अर्ब १६ करोड रुपैयाँ पुँजीगत खर्चको लागि ८५ अर्ब सात करोड रुपैयाँ र वित्तीय व्यवस्थापनको लागि लिएको ऋणको ब्‍याज तथा सावा फिर्ताको लागि १३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस हिसावले चालु खर्चको लागि १ प्रतिशत र पुँजिगत खर्चको लागि ८४ र वित्तिय व्यवस्थापनको लागि १५ प्रतिशत खर्च विनियोजन गरिएको छ। साढे चार महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षमा विनियोजन गरिएको रकममा एक रुपैयाँ पनि खर्च भएको छैन। सामान्यतय यस्तो खर्च वर्षको अन्त्यमा हुने अर्थ जानकारहरु बताउँछन्। 

महाहलेखाका अनुसार खर्चका हिसाबले एक प्रतितश विनियोजन गरिएको चालु र ८४ प्रतिशत विनियोजन गरिएको पुँजीगतको खर्च स्थिति उस्तै देखिन्छ। ८५ अर्ब बजेटमा पुँजीगत खर्च पाँच ३२ करोड भएको छ भने चालु खर्ब दुई अर्ब ४३ करोड १७ लाख भइसकेको अवस्था छ। 

कमजोर भौतिक प्रगति

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ। कतिपय आयोजना भने चर्चा रहेका छन् तर प्रगति शून्य रहेको छ। अहिलेसम्म बूढीगण्डकी जलविद्युत् आयोजन निजगढ विमानस्थर र पश्‍चिमसेती जलविद्युत् आयोजनको भौतिक प्रगति शून्य प्रतिशत रहेको छ। 

प्रधानमन्त्री कार्यालयको विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिश काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन। मेलम्ची खानेपानी आयोजना ९४ प्रतिश काम सम्पन्‍न भएर पनि अलपत्र रहेको छ। 

लुम्विनी र पशुपति विकास कोषको हालसम्मको भौतिक प्रगति क्रमश ८२ र ६५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०६२/६३ बाट निर्माण प्रकिया सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी रहेको छ। गत वर्ष उल्लेख्य काम भएको  हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र , पुष्पलाल मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख गरिएको छ।

हालसम्म दुई आयोजनाको काम ९० प्रतिशत माथि दुई आयोजनाको काम ८० प्रतिशतदेखि ९० प्रतिशत सम्मको प्रगति भएको छ भने १० आयोजनाको काम दुई देखि ६५० प्रतिशतसम्मको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.