|

सल्यान : सल्यानमा प्रदेश मातहतका कार्यालयको पहिलो चौमासिकको प्रगति विवरण चिन्ताजनक रहेको छ। प्रथम चौमासिकमा प्रदेश मातहत रहेका कार्यालयले जम्मा बजेटको १.१४ प्रतिशत मात्र खर्च गर्न सकेको कोष तथा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ। 

चालु आर्थिक वर्षमा सल्यानमा पुँजीगत र चालु बजेट गरी एक अर्व ७१ करोड, ३४ लाख ६५ हजार ७ सय रुपैयाँ रहेकोमा १९ करोड ५६ लाख १ हजार १४६ रुपैयाँ मात्र खर्च भएको कोष तथा नियन्त्रक कार्यालयका सूचना अधिकारी वृद्धिमान बस्नेतले जानकारी दिए। 

डिभिजन वन कार्यालयको १० करोड ८३ लाख ७८ हजार बजेट मध्ये ९६ लाख ५३ हजार ४ सय २ खर्च, उद्योग तथा उपभोक्ता हित कार्यालयको १ करोड ८६ लाख ७९ हजार ७ सय रुपैयाँ मध्ये २ लाख ६२ हजार ६२ रुपैयाँ , प्रदेश लेखा इकाई कार्यालयको ७ लाख ३७ हजार मध्ये ४ लाख ९० हजार १८ रुपैयाँ खर्च भएको छ।

यस्तै पशु अस्पताल तथा पशु विकास कार्यालयको ६ करोड २१ लाख १४ हजार मध्ये २१ लाख ३७ हजार ७ सय २९, खानेपानी सिचार्य तथा ऊर्जा विकास कार्यालयको ३० करोड १३ लाख ४८ हजार मध्ये ५२ लाख ७३ हजार ३ सय २१, सामाजिक विकास कार्यालयको १० करोड ५० लाख ८० हजार मध्ये १ लाख २५ हजार १९३ र स्वास्थ्य सेवा कार्यालयको १० करोड २९ लाख १५ हजार मात्र रकम खर्च गर्न सफल भएको सूचना अधिकारी बस्नेतले बताए। 

कृषि विकास कार्यालयको १४ करोड ६८ लाख ५ हजार र पूर्वाधार विकास कार्यालयको ७४ करोड ४० लाख ९ हजार रुपैयाँ खर्च हुन सकेको छैन। जिल्लाका १० स्थानीय तहहरुले पनि प्रदेशले पठाएको पुँजीगत बजेट खर्च गर्न सकेका छैनन्। तीन नगरपालिका र ७ गाउँपालिकाका लागि प्रदेशले १२ करोड ३४ लाख बजेट पठाएको थियो जसमा कुनै पनि तहले खर्च गर्न सकेका छैनन्। 

बागचौर नगरपालिकामा एक करोड ३१ लाख ८ हजार, बनगाड कुपिन्डे नगरपालिकामा १ करोड ५४ लाख ४ हजार, शारदा नगरपालिकामा १ करोड ८३ हजार, कपुरकोट गाउँपालिकामा एक करोड ३४ हजार, कालिमाटी १ करोड ५१ हजार, १ करोड ६० हजा खर्च हुन सकेको छैन्।

यस्तै  छत्रेश्वरी एक करोड ४६ हजार, सिद्ध कुमाख १ करोड ४९ लाख, कुमाख १ करोड १ लाख २३ हजार  र दार्मा गाउँपालिकामा ३ करोड २० लाख ९७ हजार रुपैयाँ विनियोजना भएकोमा १ प्रतिशत पनि खर्च नभएको कार्यालयले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.