|
फाइल तस्वीर

जाजरकोट : सुत्केरी हुँने मितिभन्दा आधा महिनाअगाडि नै सुत्केरी हुँने वेथा लागेर निरन्तर रक्तश्राव हुँन थालेपछि जुनीचाँदे गाउँपालिका-२ की ३१ वर्षीया कमला तिरुवालाइ हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

पुसको पहिलो हप्ता मात्र सुत्केरी हुँने मिति भएको बताउने उनलाई  सोमबारदेखि सुत्केरी वेथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो। अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए।

तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो। योसहित जाजरकोटमा आठजना गर्भवतीको उद्धार गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.