|

काठमाडौं : बलात्कार प्रयासको अभियोगमा डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्। 

थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएको भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जवरजस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्‍न गरेको आदेश कानुनसम्मत नभएको कारण उल्लेख गर्दै थुनामा राख्‍ने आदेश बदर गर्न माग गरेकी छन्।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध मंगलबार इजलासमा निवेदन दिन पुगेकी छन्। रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन बुधबार इजलासमा पेश हुँदैछ।

दाहालले जाहेरीकर्ता स्वयम् आदेशविरुद्ध निवेदन दिन आएकाले अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताए। दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्था टेकेर रोशनीले निवेदन दिएकी हुन्। थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध महराले मंसिर ५ गते उच्च अदालत पटनमा निवेदन दिएका थिए।

जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते मा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतमा पनि रोशनीले आफुलाई धम्काएर उजुरी दिन बाध्य पारेको बताएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.