|
फोटो : जिल्ला अस्पताल डोल्पामा दुई वर्षपछि सत्केरीको शल्यक्रिया गर्दै चिकित्सकको टोली/रामचन्द्र न्यौपाने

डोल्पा : जिल्ला अस्पाताल डोल्पामा दुई वर्षपछि शल्यक्रिया सेवा सुचारु भएको छ। दुई वर्षदेखि ठप्प रहेको शल्यक्रिया सोमबारदेखि पुनः सुरु भएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(कास)ले विशेषज्ञ चिकित्सक नपठाउँदा बन्द भएको सेवा जिल्ला अस्पताल डोल्पाले सिइओएनसी कार्यक्रममार्फत गाइनेक्लोजिष्ट र ऐनेस्थेसिया असिष्टेन्ट राखेर फेरि शल्यक्रिया सुरु गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ।

दुई वर्षपछि ठूलीभेरी नगरपालिका ६ दुरगाँउ कि २३ वर्षीया विमला रोकायाको सफल शल्यक्रिया गरिएको छ। विमलाको पहिलो बच्चा नै उल्टो भएपछि डाक्टरको शल्यक्रिया गर्नुपर्ने सल्लाहअनुसार उनको जिल्ला अस्पताल डोल्पामा नै शल्यक्रिय गरिएको सूचना अधिकारी कर्ण विकले जानकारी दिए।

प्रतिष्ठानले छोडेपछि शल्यक्रिया ठप्प भएको दुई वर्षपछि जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले विशेष पहल गरि सेवा शल्यक्रिया सुचारु भएको हो। जिल्लामै शल्यक्रिया हुँदा आफ्नो लाखौँ रुपैया जोगिएको  र डोल्पाका नागरिकले अब केही हदसम्म सुत्केरीको शल्यक्रियाको लागि दुःख नपाउने भन्दै विमलाका दाई सन्तप्रसाद रोकायाले खुसी व्यक्त गरे। 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत, एनेस्थेसिया सहायक सुरेन्द्रप्रसाद शाह, डाक्टर रमेश रोक्का, शल्यक्रिया स्टाफ नर्स तारा बोहोरा, स्वस्ती हमालसहितको टोलीले जिल्ला अस्पताल डोल्पामा पुनः शल्यक्रिया सुचारु गरेको र सफल भएको जिल्ला सूचना अधिकारी बिकले जानकारी दिए।

यस वर्ष मात्रै जिल्ला अस्पतालबाट जहाजमा पाँचजना र दुईजना हेलिकोप्टरबाट नेपालगञ्ज तथा सुर्खेत शल्यक्रियाको लागि पठाइएको र अन्य ३५ जनाको जिल्ला अस्पतालमा सामान्य सुत्केरी गराइएको कर्णले बताए।

करिब २ घण्टा लामो समय लिएर गरिएको शल्यक्रियाबाट आमा विमला र उनको बच्चा स्वस्थ रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर राउतले जानकारी दिए। अब जिल्ला अस्पताल डोल्पामा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरसहित एनेस्थेसियाको टोली निरन्तर बस्ने भएपछि महिलाका पाठेघर तथा महिलाका अन्य सबै किसिमका रोगको चेकजाचसमेत निःशुल्क हुने जिल्ला अस्पताल प्रमुख सिजन रावले बताए।

रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई वर्षसम्म सेवाबाट बञ्चित गराए पनि अब भने नियमित रूपमा जिल्ला अस्पतालले आफैँ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टरको टोली राखेकोले डोल्पाका सबै आमाले अकालमा ज्यान गुमाउने र लाखौ खर्च गर्न नपर्ने दावी गरे। प्रतिष्ठानले विशेषज्ञ चिकित्सक नपठाएपछि डोल्पामा शल्यक्रिया हुन नसक्दा यस वर्ष मात्रै एकजनाको हेलिकोप्टरबाट उद्धार गर्दै गर्दा मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.